Fri, Apr 10, 2026
आज संघीय संसदअन्तर्गत दुवै सदनको संयुक्त बैठक बस्दैछ । संयुक्त बैठक दिउँसो ३ बजे बस्नेछ ।
बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले देशवासीका नाममा सम्बोधन गर्दैछन् ।
राष्ट्रपतिको सम्बोधनपछि दुवै सदनको बैठक बसेर सम्बोधनका लागि राष्ट्रपतिलाई धन्यवाद दिने र आज राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य हुनेछ ।
सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।