उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गौरीकुमारी यादवलाई दिइएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रामजी यादवलाई सुम्पिएको छ।
नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बहालवाला सांसद हुन्। उनीहरूको नियुक्तिसँगै सरकारमा रास्वपाको उपस्थिति थप मजबुत भएको देखिएको छ।
दुवै मन्त्रीले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। शपथ ग्रहणलगत्तै उनीहरूले आ–आफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नेछन्।