निषेधित क्षेत्रमा उद्धार उडानका लागि विद्यमान झन्झटिलो व्यवस्थाले गर्दा ज्यान जोखिममा पर्न सक्ने भन्दै वायुसेवा सञ्चालक संघले गत चैत १७ गते माननीय गृह मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो। गृह मन्त्रालयमा भएको छलफलपछि अब ’निषेधित क्षेत्र हेलिकप्टर उडान सम्बन्धी कार्य प्रक्रिया २०७५’ को बुँदा नं. ५ बमोजिम तत्काल उद्धार कार्य गर्न सकिने र त्यसको जानकारी गृह मन्त्रालयलाई गराए पुग्ने गरी प्रक्रिया अघि बढाइएको छ ।
यस निर्णयले आपतकालीन अवस्थामा मानवीय क्षति न्यूनीकरण गर्न ठूलो मद्दत पुग्ने भन्दै वायुसेवा सञ्चालक संघले नेपाल सरकार र गृह मन्त्रालयप्रति आभार व्यक्त गरेको छ ।