संशोधन हुने भयो सार्वजनिक खरिद ऐन २०६३, विधेयकको प्रारम्भिक मस्यौदा तयार

Apr 12, 2026 11:03 AM merolagani



सरकारले सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्ने भएको छ । उक्त ऐनको प्रारम्भिक मस्यौदा तयार पारेर सरकारले संशोधन गर्ने प्रक्रिया अघि बढाएको हो ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले उक्त विधेयक’ को प्रारम्भिक मस्यौदा तर्जुमा गरिसकेको जनाएको हो । विधायन ऐन २०८१ को दफा (६) को उपदफा (२) मा विधेयकको प्रारम्भिक मस्यौदा जनताको राय लिनका लागि सार्वजनिक गर्नुपर्ने प्रावधान छ । यस अनुसार सार्वजनिक खरिद अनुगमनको कार्यालयले विधेयकको प्रारम्भिक मस्यौदा यही चैत २५ गते प्रकाशन गरेको छ । यस उपर वैशाख १ गतेसम्म राय र सुझाव संकलन गरिँदैछ ।

प्राप्त राय तथा सुझाव अनुसार मस्यौदामा केही हेरफेर गर्नुपर्ने भए गरेर मन्त्रालय हुँदै यो विधेयक मन्त्रिपरिषद् पुग्छ । मन्त्रिपरिषदबाट स्वीकृत पाएपछि मन्त्रालयले संसदमा पेश गर्छ । संसदले पास गरेर राष्ट्रपति कहाँ पठाउँने र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कार्यान्वयनमा आउने जनाइएको छ ।




एकपछि अर्काे राजीनामा, गोल्छा र अग्रवाल पछि नेपाल पुनर्बीमाका पौडेलले दिए राजीनामा

Apr 07, 2026 03:12 PM

विवादास्पद व्यवसायी दीपक भट्टलाई हिरासतमा लिएर सम्पत्ति शुद्धीकरण मुद्दामा कारवाही चलाएपछि उनीसँग जोडिएका धेरै कम्पनीका सञ्चालकहरुले राजीनामा दिएका छन् ।