
कम्पनीको साधारणसभाले चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । यसैगरी साधारणसभाले ६ जना संचालक निर्बिरोध चयन गरेको छ । निर्वाचनबाट निर्विरोध निर्वाचित हुने संचालकहरुमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धिरेन्द्र श्रेष्ठ, शंकर महर्जन र बीरेन्द्र श्रेष्ठ रहेका छन् । साधारणसभाले अध्यक्ष राजन श्रेष्ठले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन पारित गरेको छ ।
होल्डिङ कम्पनीका रुपमा रहेको चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले इन्द्रेणी मस्रुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसार्नलगायतका कम्पनीमा लगानी गरेको अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।