ट्रम्पद्वारा हर्मोज जलसन्धि पार गर्न खोज्ने सबै जहाजहरू रोक्न नौसेनालाई आदेश

Apr 13, 2026 10:16 AM Merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आईतवार अमेरिकी नौसेनाले हर्मोज जलसन्धिमा प्रवेश गर्न वा बाहिर निस्कन खोज्ने जहाजहरूलाई रोक्न शुरु गर्ने बताएका छन् । उनले ट्रुथ सोसल पोस्टमा यो कदम तत्काल लागू हुने बताएका हुन् ।

हर्मोज जलसन्धि पार गर्न खोज्ने सबै जहाजहरूलाई रोक्न नौसेनालाई आदेश दिएको उनले जानकारी गराएका हुन् । हर्मोज जलसन्धिबारे लामो समयदेखि विवाद उत्पन्न हुँदै आएको छ ।