ट्रम्पले हर्मोज नाका बन्द गर्ने घोषणा गरेसँगै तेलको मूल्य अकासियो

Apr 13, 2026 10:35 AM Merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले हर्मोज जलसन्धिमा प्रवेश गर्न वा बाहिर निस्कन खोज्ने जहाजहरूलाई रोक्ने घाेषणा गरेसँगै तेलको मूल्य अकासिएकाे छ । सोमबारदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी गर्ने घोषणा गरेसँगै विश्व बजारमा कच्चा तेलको मूल्य अकासिएको हाे ।

अमेरिकी क्रुड आठ प्रतिशतले बढेर १०४.२४ डलर प्रतिब्यारेल पुगेको छ । ब्रेन्ट क्रुडको मूल्य सात प्रतिशतले बढेर १०२.२९ डलर प्रतिब्यारेल पुगेको छ ।

युद्ध सुरु हुनुअघि ७० डलरको आसपास रहेको तेलको मूल्य अहिले पुनः १०० डलरमाथि पुगेकाे छ । यसले विश्वव्यापी व्यापार र अर्थतन्त्रमा गम्भीर असर पार्ने आशंका उब्जाएको छ ।