स्ट्रेट अफ हर्मोजमा नाकाबन्दी लगाउन हुँदैन भन्ने पक्षमा उभियाे बेलायत

Apr 13, 2026 01:00 PM Merolagani



बेलायत स्ट्रेट अफ हर्मोजमा नाकाबन्दी लगाउन नहुने पक्षमा उभिएकाे छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको सैन्य नाकाबन्दीमा बेलायत सहभागी नहुने भएकाे हाे ।

बेलायती सरकारका प्रवक्ताले भने, ‘हामी स्ट्रेट अफ होर्मुजमा स्वतन्त्र रूपमा आवागमनको समर्थन गर्दछौँ,’ विश्व अर्थतन्त्र र घरेलु जीवनयापन लागतलाई टेवा दिन पनि यो मार्ग तत्कालै चाहिएको छ ।’