नयाँ वर्ष लक्षित विभिन्न अटो कम्पनीका अफर योजनाः कुन–कुनले दिँदैछन् ग्राहकलाई सुविधा ?

Apr 14, 2026 11:59 AM merolagani



मंगलबार देखि नयाँ वर्ष २०८३ साल सुरु भएकाे छ । २०८२ लाई बिदाइ गर्दै आउने नयाँ वर्षमा नेपालका अटो कम्पनीहरुले आफ्ना सवारीहरु बिक्री गर्न विभिन्न अफर तथा स्किम योजनाहरु ल्याउने गरेका छन् ।

यस वर्ष २०८३ सालको नयाँ वर्षका लागि लक्षित गरी विभिन्न अटो कम्पनी तथा वितरकहरुले नयाँ नयाँ अफर योजनाहरु सार्वजनिक गरेका छन् । जसमा नगद छुट देखि निःशुल्क मर्मत, बीमा, वारेन्टी सेवा, एक्सचेन्जलगायतका सुविधहरु समावेश छन् ।

बिवाइडीको नेपालमा आधिकारीक बिक्रेता साइमेक्स इंकका अनुसार, कम्पनीले नयाँ वर्षमा ‘न्यू एयर फ्लास सेल’ योजनाअन्तर्गत  बिवाइडी अट्टो १ र अन्य गाडी खरिदमा पहिलो ५० जना ग्राहकले क्यास बेनेफिटसँगै विभिन्न सुविधा पाउनेछन ।

२०८३ बैशाख १ गतेदेखि लागू हुने यो योजनामा ग्राहकले निःशुल्क एक वर्ष बीमा, एक वर्ष निःशुल्क सडक दस्तुर, १० वर्षसम्म वा २ लाख किलोमिटरसम्मको विस्तारीत वारेन्टी सेवा उपलव्ध हुनेछ ।

निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले नयाँ वर्षका लागि लक्षित गरी निसान म्याग्नाइट प्रतिदिन मात्र ९९९ रुपैयाँमा चढ्न सकिने योजना ल्याएको छ । यसमा ग्राहकहरूले यस सिजनमा निसान म्याग्नाइट खरिद गर्दा १ लाख रुपैयाँसम्म नगद छुट, २ लाखसम्म एक्सचेन्ज बोनस, एक वर्षको बीमा तथा चालु आर्थिक वर्षको रोड ट्याक्स प्राप्त गर्नेछन् ।

त्यस्तै, नयाँ वर्षलाई लक्षित गरेर हुन्डाइका लागि नेपालको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुण्डाईसँग शुभ यात्रा २०८३’ योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकहरूले हुण्डाई मोडलका गाडीहरूको खरिदमा १ लाख ७५ हजारसम्म नगद छुट, ९६ हजार बोनस र ३ वर्षको वारेन्टी उपलब्ध छ भने एक वर्षका लागि निःशुल्क बीमा र सवारी कर (रोड ट्याक्स) को सुविधा समेत उपलब्ध गराइएको छ ।

होन्डाले नयाँ वर्षका लागि लक्षित गरी ‘२०८३ को सपना, मेरो होन्डा’ योजना ल्याएको छ । जसमा साइन १२५ बीएस ६ र डीएसएस मोटरसाइको खरिदमा ७ वर्षसम्मको निःशुल्क सर्भिसिङ, स्क्याच कुपनमा १ लाखसम्मको नगद जित्ने मौका प्रदान गरेको छ । मोटरसाइकल खरिद गर्न नागरिकता भए पुग्ने, इजी एक्सचेन्जलगायतका सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ ।

बजाजको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्षमा ‘बजाज न्यू इयरको क्यूआर’ योजना ल्याएको छ । क्यूआर स्क्यान गरेर गेम खेल्दा स्मार्ट वाच र १ लाखसम्म नगद जित्ने मौका ल्याएको छ ।

त्यस्तै, हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले पनि नयाँ वर्षमा बाइक वा स्कुटरको खरिदमा १ लाखसम्म नगद छुट र उत्ति नै बराबरको एक्सचेन्ज बोनसका साथै सजिलो फाइनान्स सुविधा ल्याएको छ ।

यीबाहेक अन्य विभिन्न अटो कम्पनीहरुले पनि नयाँ वर्ष २०८३ लाई लक्षित गरी विभिन्न स्किम तथा अफर योजना ल्याइरहेका छन् ।




अब सुचिकृत कम्पनीको शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन पाउने, प्री ओपन सेसनको सिमा ५ %

Apr 09, 2026 01:14 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा ठुलो संशोधन गरेको छ।