Thu, Apr 16, 2026
ललितपुर महानगरपालिका-१४ खुमलटार बस्ने ४५ वर्षीय कुल बहादुर श्रेष्ठको मोवाइल सर्भिस सेन्टर पसलमा जुवातास खेलिरहेको अवस्थामा कुलबहादुर समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार ८ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।