अन्योलमै बन्द भयो बजार

Apr 17, 2026 03:18 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक अन्योलमा बन्द भएको छ। यस दिन कारोबार अवधिका अधिकांश समय सामान्य अंक घटबढ भएको नेप्से, अन्तिम समयमा सामान्य अंक सकारात्मक रहेर बन्द भएको छ।

शुक्रबार नेप्से परिसूचक ५.३६ अंक बढेर २८३८.४० विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.५८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंक घटेको छ।

नेप्से सामान्य अंक सकारात्मक रहेपनि यस दिन कारोबार रकम भने घटेको छ। बिहीबार ९ अर्ब ३१ करोड २८ लाख ६० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३५ स्टकको ९६ हजार ५७३ पटकको कारोबारमा ७ अर्ब ४६ करोड ६ लाख रुपैयाँबराबरको १ करोड ८० लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र रिज लाइन इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ। कारोबारमा आएको एशियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ४.५४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६६ करोड ८६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन सोलु हाइड्रोपावरको ३७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने रिडी पावर डेभलपमेन्टको कारोबार रकम ३४ करोड रुपैयाँ नाघेको छ।

यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.३८ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको छ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।