आगलागीबाट लक्ष्मीनाराणका छिमेकी रवीन दास र अर्का सकल देवको घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रण गर्नका लागि छिमेकी त्रियुगा र चौदण्डी गढी नगरपालिकाका दमकल र प्रहरी तथा स्थानीय जनताको सहभागिता रहेको थियो ।
आगलागी विद्युत् चुहावट भएर हो वा अन्य कारणले हो भन्ने कुरा अझै खुल्न बाँकी रहेको जनाइएको छ । आगलागीका कारण ६६ लाख बराबरको भौतिक क्षति भएका प्रहरीले बताएको छ ।