समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अध्यक्ष नियुक्त

Apr 21, 2026 05:20 PM Merolagani



सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा डिल्लिराज आचार्य, प्युठानलाई नियुक्त गरेको हो ।

 

त्यस्तै, सदस्यहरूमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने निर्णय भएको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन् ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।