कान्तिपथ र त्रिपुरेश्वरमा होन्डाले सञ्चालनमा ल्यायो प्रिमियम ३ एस शोरुम

Apr 27, 2026 01:17 PM Merolagani



काठमाडौंका दुई स्थानमा होन्डा कम्पनीले आफ्नो प्रिमियम ३ एस शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले कान्तिपथ र त्रिपुरेश्वरमा आधुनिक र प्रिमियम ३ एस शोरुम सञ्चालनमा ल्याएको हो ।

गत शुक्रबार पहिलो प्रिमियम ३ एस शोरुम त्रिपुरेश्वरमा सञ्चालनमा ल्यायो । त्यसको भोलिपल्ट अर्थात शनिबार भने काठमाडौंको कान्तिपथमा शोरुम उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा पद्म ज्योति परिवार र होन्डा मोटर कम्पनी लिमिटेडका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

होन्डाले सेवालाई मात्र प्राथमिकता नदिई बिक्रीपछिको सेवालाइ बढी प्राथमिकतामा राखेर अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । होन्डाले सर्भिस सेन्टरलाई पारदर्शी र ग्राहकमैत्री बनाउन आधुनिक सेवासुविधासहितको शोरुम सञ्चालनमा ल्याएको हो । प्रत्येक शोरुममा दैनिक १५० वटाभन्दा बढी दुई पाङ्ग्रे सवारी सर्भिसिङ गर्ने क्षमता भएको र नागरिक सहायतालाई पहिलो प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ ।

1000

कम्पनीले पहिलो पटक देशका ६ स्थानमा यस्तै आधुनिक शोरुम सञ्चालन गर्ने योजना बनाएको छ । 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।