सुमन जोशीको कुशल नेतृत्वः हिदी खोलाबाट सुरु भएको ‘ह्रवाइट लोटस पावर’ को यात्रा ५० मेगावाटको लक्ष्यसम्म

May 10, 2026 10:45 AM Merolagani



हरिप्रसाद शर्मा

नेपालको जलविद्युत क्षेत्रमा थुप्रै कम्पनीहरू अस्तित्वमा रहे तापनि केही सीमित कम्पनीहरूले मात्र संस्थागत सुशासन, समयबद्ध निर्माण र बहु–आयोजनाको स्पष्ट मार्गचित्र प्रस्तुत गर्न सकेका छन् । तीमध्ये एक आशालाग्दो नाम हो, ह्वाइट लोटस पावर लिमिटेड ।

लमजुङको दुर्गम भूगोलमा ‘हिदी खोला‘लाई थुनेर बिजुली निकाल्ने साहसदेखि सुदूरपश्चिमको बझाङसम्म आफ्नो साम्राज्य विस्तार गर्ने तयारीमा रहेको यस कम्पनीको चौथो वार्षिक प्रतिवेदनले एउटा परिपक्व व्यावसायिक संस्थाको चित्र प्रस्तुत गरेको छ ।

कम्पनी स्थापना र निजीबाट ‘पब्लिक’ सम्मको यात्रा

ह्वाइट लोटस पावरको विजारोपण २०७४ साल माघ १४ गते एक निजी कम्पनीको रूपमा भएको थियो । स्थापनाको चार वर्षसम्म आयोजनाको पूर्वतयारी, इजाजतपत्र र प्राविधिक अध्ययनमा बिताएको यस कम्पनीले २०७८ साल असोज ७ गते आफूलाई ‘पब्लिक लिमिटेड’ मा रूपान्तरण गर्यो । यो केवल कानुनी प्रक्रिया मात्र थिएन, बरु सर्वसाधारणलाई समेत ऊर्जा क्षेत्रको हिस्सेदार बनाउने एउटा दीर्घकालीन सोचको सुरुवात थियो ।

आयोजना विश्लेषणः हिदी खोलादेखि स्यानवन खोलासम्म

कम्पनीले हाल तीनवटा मुख्य क्षेत्रमा काम गरिरहेको छ । कम्पनीले प्रवर्द्धन गरेको पहिलो जलविद्युत् आयोजना हो, ६.८२ मेगावाटको हिदी खोला जलविद्युत आयोजना । लमजुङको मस्र्याङ्दीमा निर्माणाधीन यो आयोजना (रन-अफ- रिभर) प्रकृतिको हो । ७२६ मिटरको अग्लो ‘ग्रस हेड’ हुनु यसको प्राविधिक सबलता हो, जसले थोरै पानीबाट धेरै ऊर्जा उत्पादन गर्न सक्छ ।

आजभन्दा साढे २ वर्षअघि निर्माण सुरु भएको थियो । अहिले आयोजनाको निर्माण करिब सकिने चरणमा छ । अहिले उक्त जलविद्युत् परियोजनामा सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल र ट्रान्समिसन लाइनको निर्माणलगायतका सम्पूर्ण कामहरु सकिएको ह्वाइट लोटस् पावर लिमिटेडकी प्रवन्ध निर्देशक सुमन जोशीले बताइन् ।500

आयोजना निर्माण सम्पन्न भइसकेकाले उत्पादन परिक्षण सुचारु गरिदिन प्राधिकरणमा दुई महिनादेखि धाउँदै आएको उनले बताइन् ।

यस्तै, कम्पनीले म्याग्दीमा १०.८ मेगावाटको धौलाखोला जलविद्युत् आयोजना अघि बढाइरहेको छ । त्यस्तै, बझाङमा ग्रुपले नै प्रवर्द्धन गरिरहेको (३१.५ मेगावाट) स्यानवन खोला जलविद्युत् आयोजना समेत अघि बढाइरहेको जोशीले बताइन् । आयोजना अगाडि बढाउन ‘सेती साइपाल हाइड्रोपावरमा ८० प्रतिशत शेयर लगानी गरेको छ ।

नेतृत्व र व्यवस्थापन

कुनै पनि जलविद्युत् आयोजनाको सफलता त्यसको प्रमोटहरु र व्यवस्थापनमा निर्भर हुन्छ । ह्वाइट लोटसको सबल पक्ष भनेकै यसको ‘इन्स्टिच्युसनल बैंकिङ’ हो । कम्पनीका अध्यक्ष दीप प्रकाश पाण्डे शिखर इन्स्योरेन्सबाट प्रतिनिधित्व गर्छन । उनको अनुभवले कम्पनीलाई नीतिगत र वित्तीय अनुशासनमा राख्न ठूलो भूमिका खेलेको देखिन्छ ।

त्यस्तै, कम्पनीको प्रबन्ध सञ्चालकमा सुमन कुमारी जोशी रहेकी छन् । ह्वाइट लोटस म्यानेजमेन्टको प्रतिनिधित्व गर्ने जोशीको सक्रिय नेतृत्वले आयोजनाको दैनिक कार्यसम्पादन र ‘साइट’को कामलाई गति दिएको छ । कृति भेन्चर फण्डका तर्फबाट केसांग श्रेष्ठ सञ्चालकका रुपमा रहेका छन् ।

कृति भेन्चर फण्ड र ह्वाइट लोटस म्यानेजमेन्टजस्ता संस्थागत लगानीकर्ताहरूको उपस्थिति हुनुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर व्यावसायिक निर्णय हुने आधार सुनिश्चित गरेको छ ।

1000

कम्पनीको पूँजी र ऋण

ह्वाइट लोटसको वित्तीय अवस्थालाई नियाल्दा यसले ‘ऋण र इक्विटी’को सन्तुलन मिलाउन खोजेको देखिन्छ । हिदी खोला आयोजनाको कुल लागत (ब्याजसहित) १ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ अनुमान गरिएको छ। ऋण व्यवस्थापन नेपाल एसबीआई बैंकको नेतृत्वमा नबिल बैंकसँग ९२.९० करोड (७० प्रतिशत) ऋण सम्झौता भएको छ । हालसम्म करिब ३० करोड ऋण परिचालन भइसकेको छ ।

कम्पनी शेयर पूँजी ३० प्रतिशत इक्विटी (३९.८१ करोड) मध्ये संस्थापकहरूले ठूलो हिस्सा लगानी गरिसकेका छन । कम्पनीको हाल चुक्ता पूँजी ४० करोड ८१ लाख पुगिसकेको छ भने आईपीओको सूचीमा दर्ता भएर नेपाल धितोपत्र बोर्ड(सेबोन) बाट अनुमतिको पर्खाइमा छ । ऋण झन्डै ८० करोड परिचालन भइसकेको छ । सम्पूर्ण पूँजी चुक्ता भइसकेको कम्पनीले जनाएको छ ।

सार्वजनिक निष्कासनः लगानीकर्ताको लागि अवसर

कम्पनीले ५३ करोड जारी पूँजीको २३ प्रतिशत अर्थात् १२ करोड १९ लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारण (स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र कर्मचारीसहित) लाई जारी गर्ने तयारी गरेको छ । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक नियुक्त भइसकेको छ । यसले कम्पनीलाई थप पूँजी प्रदान गर्नेछ भने आम नागरिकलाई यसको मुनाफामै हिस्सेदार बनाउनेछ ।

चुनौती र आगामी रणनीति

जलविद्युत् क्षेत्रमा प्राकृतिक प्रकोप (बाढी र पहिरो) र ब्याजदरको उतारचढाव मुख्य चुनौती हुन्। कम्पनीले आफ्नो प्रतिवेदनमा यी जोखिमहरूलाई स्वीकार गर्दै बीमा र कुशल वित्तीय व्यवस्थापनलाई प्राथमिकता दिएको उल्लेख गरेको छ।

ह्वाइट लोटस पावर लिमिटेड केवल एउटा हाइड्रोपावर कम्पनी मात्र होइन, यो एक व्यवस्थित ‘होल्डिङ कम्पनी’ बन्ने दिशामा अग्रसर छ। ६.८२ मेगावाटको हिदी खोलाबाट सुरु भएको यसको यात्रा आगामी ५ वर्षभित्र ५० मेगावाटभन्दा बढीको पोर्टफोलियोमा पुग्ने देखिन्छ । संस्थागत लगानीकर्ताको भरोसा, अनुभवी नेतृत्व र समयमै आयोजना सक्ने कार्यक्षमताले गर्दा यो कम्पनी दोस्रो बजारका लगानीकर्ताहरूका लागि पनि भविष्यमा एक ‘ब्लु–चिप’ कम्पनी बन्ने क्षमता राख्दछ ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।