बुक बिल्डिङ्ग विधिबाट शेयर जारी गर्दै नर्भिक इन्टरनेशनल हस्पिटल, संस्थागत लगानीकर्तासँग आशयपत्र माग

Apr 30, 2026 09:36 AM Merolagani



थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत साधारण शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ।

हस्पिटलले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात् २० लाख ४१ हजार २०० कित्ता शेयरमध्ये ४० प्रतिशतले हुन आउने ८ लाख १६ हजार ४८० कित्ता साधारण शेयर योग्य संस्थागत लगानीकर्ताहरूका लागि बिक्री गर्न लागेको हो।

यस सम्बन्धमा हस्पिटलले गत वैशाख ११ गते काठमाडौं म्यारियट होटलमा ‘रोड शो’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

आशयपत्र बुझाउने सम्बन्धी जानकारीः

योग्य संस्थागत लगानीकर्ताहरूले बुक बिल्डिङ्ग निर्देशिका बमोजिम गोप्य शिलबन्दी आशयपत्र बुझाउनुपर्नेछ।

बुझाउने अन्तिम मितिः २०८३ साल वैशाख २१ गते, साँझ ५ बजेभित्र।

बुझाउने स्थानः नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से), सिंहदरबार प्लाजा, काठमाडौं।

आशयपत्र खोलिने मितिः २०८३ साल वैशाख २२ गते, साँझ ५ बजे (नेप्सेको कार्यालयमा)।

नर्भिक हस्पिटलको यस धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। नर्भिक हस्पिटलले बुक बिल्डिङ्ग विधिबाट शेयर जारी गर्न लागेको यो प्रक्रिया नेपाली स्वास्थ्य क्षेत्रका लागि एक महत्वपूर्ण पाइला मानिएको छ। संस्थागत लगानीकर्ताहरूबाट प्राप्त हुने आशयपत्रका आधारमा शेयरको ‘कट’अफ’ मूल्य निर्धारण हुनेछ, जसपश्चात् सर्वसाधारणका लागि शेयर निष्काशनको बाटो खुल्नेछ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।