सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषित सहकारीहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको प्रक्रियालाई अगाडि बढाएको हो । बचतकर्ताको रकम फिर्ता गर्ने प्रयोजनका लागि ऋणीहरूबाट असुली हुनुपर्ने रकम संकलन गर्न अनिवार्य भएको समितिले बताएको छ ।
यसैबीच, समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य तथा जमानीकर्ताहरूलाई समेत तत्काल समितिको कार्यालयमा सम्पर्क राख्न सूचनामा उल्लेख गरेको छ। तोकिएको समयमा कर्जा भुक्तानी नगरे वा सम्पर्कमा नआए कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने समेत समितिले स्पष्ट पारेको छ।
