नेप्से सूचकमा दोहोरो अंकको गिरावट

Apr 28, 2026 03:30 PM Merolagani



मंगलबार नेप्से परिसूचकमा ठूलो गिरावट भएर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार पनि बजार सामान्य सकारात्मक भएर बन्द भएको नेप्से, यस दिन दोहोरो अंकको गिरावट भएर बन्द भएको हो।

मंगलबार नेप्से परिसूचक २६.१६ अंक घटेर २७७०.२६ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.१४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। मंगलबारको बजारमा कारोबारमा आएका २६९ कम्पनीको एक करोड ४० लाख १८ हजार ९२० कित्ता शेयर ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । सोमबारको बजारमा चार अर्ब ७४ करोड ८८ लाख ९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो ।

यस दिन करोबारमा आएका स्टकहरु मध्येमा डिबेञ्चरहरुको मूल्य सर्वाधिक बढेको देखिन्छ । जसमा हिमालयन बैंक लिमिटेड बन्ड, २०८६ को मूल्य सर्वाधिक बढेको छ । डिबेञ्चरको मूल्य ६ प्रतिशतले बढेर कारोबार भएको हो। त्यसैगरी शाईन रेसुङ्गा डिबेञ्चरको मूल्य ३.४० प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक घटेको छ । यस बैंकको शेयर मूल्य १४.९९ प्रतिशतले घटेर कारोबार भएको हो भने रिज लाईन इनर्जीको शेयर मूल्य १०.२७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन पाल्पा सिमेन्टकाे सबैभन्दा धेरै रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यस कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै रिलायन्स स्पिनिङ्ग मिल्सको ३४ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्येमा अन्य उपसमूहको परिसूचक मात्रै सामान्य अंकले सकारात्मक भएर बन्द भएको छ । बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल उप समूहको सूचक सर्वाधिक २.५६ प्रतिशत घटेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.४६ प्रतिशतले घटेको हो । त्यस्तै, यस दिन विकास बैंक र जविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।