निजामती कर्मचारीका ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न सरकारको निर्देशन

May 05, 2026 09:32 PM Merolagani



सरकारले निजामती कर्मचारीका आधिकारिक ट्रेड युनियन लगायत सबै संगठनका कार्यालयहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग, आयोग, सचिवालय र निकायहरूलाई आज पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो। मन्त्रालयका शाखा अधिकृत विवेक विडारीद्वारा हस्ताक्षरित पत्र अनुसार, 'केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१' मार्फत निजामती सेवा ऐन, २०४९ को दफा ५३ मा रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज भएकाले यो कदम चालिएको हो। मन्त्रालय, विभाग तथा अन्तर्गतका निकायहरूमा रहेका निजामती कर्मचारीसँग सम्बन्धित आधिकारिक ट्रेड युनियन र अन्य विभागीय समितिका कार्यालयहरू तत्काल बन्द गर्नुपर्नेछ। ट्रेड युनियनको प्रयोजनका लागि प्रयोग भइरहेका सरकारी भवन, कार्यकक्ष, सवारी साधन तथा अन्य सेवा सुविधाहरू सम्बन्धित कार्यालयले तत्काल फिर्ता लिनुपर्नेछ।ट्रेड युनियनका विभिन्न तहका समितिमा आबद्ध रहेका कारण जिम्मेवारी बाहिर रहेका कर्मचारीहरूलाई उनीहरूको तोकिएको दरबन्दी अनुसारको कार्य जिम्मेवारीमा तत्काल खटाउन मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले मिति २०८१/०१/२२ गतेको सचिवस्तरीय निर्णयानुसार यो परिपत्र जारी गरेको हो। ऐनमा भएको संशोधनले ट्रेड युनियनको कानुनी आधार नै समाप्त गरिदिएपछि सरकारले सरकारी स्रोत र साधनको प्रयोग रोक्न र कर्मचारीलाई नियमित काममा फर्काउन यो कडा कदम चालेको बुझिएको छ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।