उनले भने, 'म वृद्ध भएको छैन । म धेरै जवान महसुस गर्छु । आज पनि मलाई ५० वर्षअघिजस्तै ऊर्जा भएको अनुभव हुन्छ ।'
उनले पुनः एकपटक राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका छन् । 'म ठट्टा गरिरहेको छैन । मलाई काम गर्न मन पर्छ । अहिले त मेरो कार्यकालको सुरुआत मात्र हो र अझै धेरै काम गर्न बाँकी छ,' ट्रम्पले भने ।