१. आम्दानी र नाफाको वित्तीय विवरण
खुद बीमा शुल्कः इन्स्योरेन्सले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५ अर्ब १ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा यो ३ अर्ब ६० करोड ३३ लाख रुपैयाँ थियो, जुन करिब ३९.१८ प्रतिशतको वृद्धि हो।
खुद नाफाः इन्स्योरेन्सको खुद नाफा ३६ करोड ७९ लाख १६ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यही अवधिसम्ममा इन्स्योरेन्सको नाफा ३६ करोड ६३ लाख ३३ हजार रुपैयाँ थियो।
कुल आम्दानीः लगानी, कर्जा तथा अन्य स्रोतहरूबाट हुने आम्दानी सहित इन्स्योरेन्सको कुल आम्दानी ६ अर्ब १७ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

२. वित्तीय विश्लेषण
बीमा कोषः इन्स्योरेन्सको जीवन बीमा कोष निकै मजबुत देखिएको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा ११ अर्ब ८४ करोड रहेको यो कोष अहिले बढेर १६ अर्ब ८३ करोड १० लाख रुपैयाँ पुगेको छ।
दाबी भुक्तानीः इन्स्योरेन्सले यस अवधिमा ९५ करोड ४६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ।
लगानी र कर्जाः इन्स्योरेन्सको लगानी २० अर्ब ८१ करोड रुपैयाँ पुगेको छ भने बीमालेख धितोमा १ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
३. मुख्य सूचकहरू
