माउण्ट एभरेष्ट डिष्टिलरीको साधारण सभा सम्पन्न, २० प्रतिशत आईपीओ निष्कासन गर्ने

May 06, 2026 04:07 PM Merolagani



माउण्ट एभरेष्ट डिष्टिलरी लिमिटेडको प्रथम वार्षिक साधारण सभा (AGM) सफलतापूर्वक सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०८१/८२ का वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनसहित सम्पूर्ण वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

सभामा कम्पनीको दीर्घकालीन विकास रणनीति अन्तर्गत विभिन्न महत्वपूर्ण निर्णयहरू गरिएको छ। कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने (IPO) प्रक्रिया अघि बढाउने निर्णय गरेको छ, जसले कम्पनीको पुँजी संरचना सुदृढ गर्दै पूँजी बजारमा प्रवेश गर्ने मार्ग प्रशस्त गर्नेछ।

त्यसैगरी, उत्पादन क्षमता विस्तार गर्ने तथा उद्योगमा आधुनिक अटोमेसन प्रणाली लागू गर्ने योजनालाई प्राथमिकतामा राखिएको छ। यसले उत्पादन दक्षता वृद्धि गर्नुका साथै गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।