ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत श्रेष्ठलाई उक्त जिम्मेवारी दिएका हुन्। श्रेष्ठ प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशकका रूपमा कार्यरत छन्।

यसअघिका राजनीतिक नियुक्ति बदर गर्ने अध्यादेश ल्याएसँगै हितेन्द्रदेव शाक्य पनि बर्खास्तीमा परेका छन् । उनको रिक्त पदमा श्रेष्ठलाई प्राधिकरणको जिम्मेवारी दिइएको हो ।