उनले भने, ‘उनीहरू सम्झौता गर्न चाहन्छन् । पछिल्लो २४ घण्टामा हाम्रो निकै सकारात्मक कुराकानी भएको छ र हामीबीच सहमति हुने बलियो सम्भावना छ ।’
यसै क्रममा ट्रम्पले गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको हवाई आक्रमणबाट इरानमा ठूलो क्षति पुगेको उल्लेख गरे । उनले चेतावनी दिँदै भने की यदि अमेरिका अहिले नै पछि हट्ने हो भने उक्त आक्रमणबाट भएको भौतिक क्षतिको पुनर्संरचना गर्न इरानलाई कम्तीमा २० वर्ष लाग्नेछ । इरान र अमेरिकाबीचको तनाव कम गर्ने उद्देश्यले यी वार्ताहरू भइरहेको बुझिएको छ । राष्ट्रपति ट्रम्पले इरान पक्ष वार्ताको माध्यमबाटै निकास खोज्न सकारात्मक देखिएको उल्लेख गरेका छन् ।