वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने पाँच जना पक्राउ

May 07, 2026 12:25 PM Merolagani



वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-८ बस्ने सुनसरी घर भएका ३२ वर्षीय राज कुमार तामाङ, काठमाडौं महानगरपालिका-१४ बस्ने दाङ घर भएका ३१ वर्षीय प्रकाश केसी, काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने काभ्रे घर भएका ३३ वर्षीय डिल्लीमान तामाङ, ललितपुर गोदावरी नगरपालिका-१४ बस्ने पाँचथर घर भएका ४७ वर्षीय श्रीहाङ एकतिन र भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने स्याङ्जा घर भएका २८ वर्षीय नमुना भण्डारी रहेका छन् ।

पक्राउ मध्ये राज कुमारले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ५५ हजार रूपैयाँ, प्रकाशले अमेरिका पठाइदिन्छु भन्दै १२ जना पीडितहरूबाट ९३ लाख रूपैयाँ, डिल्लीमानले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १४ लाख ७५ हजार रूपैयाँ, श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख २५ हजार रूपैयाँ र नमुनाले मकाउ पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौं किर्तीपुरबाट, प्रकाशलाई काठमाडौं महानगरपालिका-२९ बाट र डिल्लीमानलाई काठमाडौं महानगरपालिका-१४ बाट मंगलबार तथा श्रीहाङलाई ललितपुर गोदावरी नगरपालिका-४ बाट र नमुनालाई काठमाडौं महानगरपालिका(३ बाट बुधबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

 




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।