विश्वभर वियरका बोतल र पिउने गिलासको हाहाकार, बोतल र गिलास अभावकै कारण वियर उद्योगहरु धाराशायी हुने अवस्था

May 09, 2026 06:49 PM mero lagani



अमेरिका—इजरायल तथा इरानबीचको तनावका कारण विश्वभरकै वियर उद्योग चरम संकटमा फसेका छन् । 

वियर उत्पादन र वितरण प्रकृया त रोकिएको छ नै, वियर राख्ने सिसाका बोतलहरु र पिउने गिलाससमेतको अभाव सृजना भएको छ । भारतीय वियर उद्यमीहरुको संगठन ब्रुअर्स एसोसिएसन अफ इन्डियाका महानिर्देशक विनोद गिरीकाअनुसार वियर राख्ने बोतल र गिलासहरुको अभावका कारण वियर उद्योगहरु धाराशायी अवस्थामा पुगेका छन् । 

‘या त वियर पनि सिसाको बोतलमा होइन, प्लाष्टिकको वोतलमा प्याक गर्नु पर्यो र पिउन पनि सिसाको गिलासमा नभएर प्लाष्टिककै कप तथा गिलासमा वितरण गर्नु पर्यो । अन्यथा बोतल र गिलासकै अभावमा भारतका वियर उद्योगहरु बन्द हुनेछन् । त्यसको लागि धेरै दिन कुर्नु पर्दैन । स्थिति निकै जटिल छ,’ उनको भनाइ छ ।

साथै अभाव भएकै कारण वियरका बोतल र गिलासमा ४५ प्रतिशतसम्म मूल्य वृद्धि भइसकेको र अवस्था यस्तै रहे तिनीहरुको मूल्य अझै बढ्ने सम्भावना रहेको समेत जानकारी दिए ।

भारतमा विदेशी मदिरा उत्पादन गर्ने कम्पनीहरुको संस्था कन्फेडेरेसन अफ इन्डियन अल्कोहलिक बेभरेज कम्पनिज (सीआईएबीसी) ले पनि बोतल र गिलासको अभावले भारतीय मदिरा उद्योग ध्वस्त हुने अवस्थामा पुगेको भन्दै समस्या समाधानको लागि तत्काल आवश्यक कदम चाल्न सरकारसंग माग गरेको छ ।

सीआईएबीसीका महासचिव अनन्त एस अय्यरले स्ट्रेट अफ हरमुज अवरुद्ध हुँदा गिलास र बोतल बनाउने उद्योगहरु ठप्प हुँदै गएको, विदेशबाट आयात गर्ने अवस्था पनि नभएकोले अवस्था जटिल बनेको बताए । ‘बोतल र गिलासकै अभाव हुनु आश्चर्यको विषय भए पनि सत्य रहेको’ भन्दै संस्थाले यसबारेमा ध्यान दिन सरकारसँग माग गरेको उनको भनाइ छ ।

त्यसो त अमेरिका र इजरायलबीचको तनावको कारण अहिले भारतमा मात्र नभएर विश्वव्यापीरुपमा वाइन, बियर, ह्विस्की, रम, भोड्का, टकीलालगायत सम्पूर्ण मदिरा उद्योग गम्भिररुपमा प्रभावित भइरहेको मदिरा उद्योगहरुको बारेमा जानकारी दिने ग्लोबल ड्रिंक इण्टेलले जनाएको छ । वाइन, ह्विस्की, रम, भोड्का, टकीला जस्ता मदिराहरुलाई छोडेर केवल वियरको मात्रै कुरा गर्दा पनि विश्वमा वार्षिक १ खर्ब ९४ अर्ब लिटर (अर्थात दैनिक करिब ५३ करोड लिटर) खपत हुन्छ ।

ती वियर प्याकेजिङ गर्नको लागि वोतल र पिउनको लागि गिलास पनि दैनिकरुपमा त्यति नै खपत हुन्छ । वियरका वोतल र गिलास पटक पटक प्रयोग गर्न मिल्ने भए पनि निकै ठूलो हिस्सा फुटेर नोक्सान हुने तथा एक पटक प्रयोग गरिएको खासगरि बोतल अर्काे पटक वियर राख्ने प्रकृया मिलाउन (उपभोक्ताबाट जम्मा गरेर फेरि कम्पनीमा ल्याइ पुर्याउन) महिनौं लाग्ने भएकोले पनि समस्या सृजना भएको बताइएको छ ।

 




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।