पोखरा विमानस्थल निर्माणमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जना विरुद्ध भष्ट्राचार मुद्दा दायर

May 07, 2026 04:40 PM Merolagani



पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धानले पोखरा विमानस्थल निर्माणका क्रममा तत्कालीन अर्थमन्त्री कार्कीसहित १४ जना विरुद्ध मुद्दा दायर भएको हो 

उक्त मुद्दा विशेष अदालतमा रूजु हुने प्रक्रियामा रहेको विशेष अदालतले जनाएको छ । अख्तियारले गत २१ मंसिरमा पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

त्यसपछि ८ चैतमा पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो । आज दायर भएको यो मुद्दा तेस्रो हो ।

अख्तियारले सोही मुद्दामा पूर्व सचिवहरु शंकर अधिकारी,केबल भण्डारी,सुरेश आचार्यसहितलाई विपक्षी बनाएर बिगो दावी गरेको छ ।

३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरेर अख्तियारले मुद्दा दायर गरेको हो । मुद्धा दायर हुनेहरुमा तत्कालीन अर्थमन्त्री कार्कीसहित अर्थसचिव शंकर प्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव (तत्कालीन सहसचिव) केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याल रहेका छन् ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।