महिला उद्यमशीलता प्रवर्द्धनका लागि लक्ष्मी सनराइज बैंक र आईएफसीबीच सम्झौता

May 08, 2026 11:46 AM Merolagani



लक्ष्मी सनराइज बैंकले महिला नेतृत्वमा रहेका साना तथा मझौला उद्यमहरूलाई वित्तीय पहुँचमा जोड्न विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँग एक महत्वपूर्ण सम्झौता गरेको छ।

यससम्बन्धी द्विपक्षीय सम्झौता पत्रमा लक्ष्मी सनराइज बैंकका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई र आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरे।

यस साझेदारीअन्तर्गत आईएफसीले लक्ष्मी सनराइज बैंकलाई लैङ्गिक आधारमा विभाजित तथ्याङ्कको सङ्कलन, विश्लेषण र उपयोग गर्ने प्रक्रियालाई अझ सुदृढ बनाउन प्राविधिक सहयोग गर्नेछ। यस्तो तथ्याङ्कले महिलाको स्वामित्वमा रहेका व्यवसायहरूको वास्तविक आवश्यकता, चुनौती र अवसरहरूलाई गहिराइबाट बुझ्न मद्दत गर्नेछ।

तथ्याङ्कको सही विश्लेषणबाट बैंकले महिला उद्यमीहरूका लागि अझ बढी प्रभावकारी, लक्षित र उपयुक्त वित्तीय सेवा तथा योजनाहरू ल्याउन सक्नेछ।

बैंकले आइएफसीको ‘बैंकिङ अन वुमन’ पहलअन्तर्गत ‘ग्लोबल डब्लुएमएसएमई सेक्स डिसएग्रिगेटेड डेटा’ सम्बन्धी सहकार्य सम्झौता गरेको हो। यस कार्यक्रमलाई महिला उद्यमशीलताका लागि स्थापित अन्तर्राष्ट्रिय महिला उद्यमी वित्त पहल (वी–फाई) ले सहयोग गरिरहेको छ।

वि–फाइ विश्वभरका महिला नेतृत्व तथा स्वामित्व भएका साना तथा मझौला उद्यमहरूमा लगानी र वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको एक बहुपक्षीय अन्तर्राष्ट्रिय प्लेटफर्म हो। यस अन्तर्गतको वि–फाइनान्स कोडले वित्तीय संस्था र नियामक निकायहरूबीच साझा प्रतिबद्धता कायम गरी महिला उद्यमीहरूका लागि आवश्यक वित्तीय स्रोत जुटाउन र आर्थिक वृद्धिमा योगदान पुर्‍याउने लक्ष्य राख्छ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।