जलाशययुक्त जलविद्युत् आयोजनाको लाइसेन्स अवधि ५० वर्ष बनाउने सरकारको तयारी, निजी क्षेत्रलाई राहत

May 08, 2026 04:52 PM Merolagani



सरकारले जलाशययुक्त (स्टोरेज) जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स) अवधि ५० वर्ष पुर्याउने तयारी गरेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार, नीतिगत रुपमा नै स्टोरेज जलविद्युत् आयोजनाको लाइसेन्स अवधि ५० वर्ष पुर्याउने निर्णय भएको हो ।

यस विषयमा ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठले पनि सार्वजनिक मञ्चमा भाषण दिँदै स्टोरेज हाइड्रोपावरको लाइसेन्स अवधि ५० वर्ष पुर्याउने गरी निर्णयको नजिक पुगेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले देशभित्र लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि जलाशययुक्त जलविद्युत् आयोजनाको लाइसेन्स अवधि ५० वर्ष पुर्याउने गरी निर्णय भइसकेको बताएका हुन् ।

‘हामीले निजी क्षेत्रको आत्मबल बढाउनुपर्नेछ । लगानीको वातावरण बनाउनुपर्नेछ । त्यसका लागि हामीले स्टोरेज हाइड्रोपावरको लाइसेन्स अवधि ५० वर्ष पुर्याउने निर्णयमा पुगेका छौं । यो निजी क्षेत्रका लागि पनि सुखद निर्णय हो,’ मन्त्री श्रेष्ठले भनेका थिए ।

निजी क्षेत्रलाई राहत

यसअघि ऊर्जा क्षेत्रका व्यवसायी र प्रबर्द्धकहरुले पनि जलविद्युत् आयोजनाको लाइसेन्स अवधि ५० वर्षमा पुर्याउनुपर्ने माग गर्दै आएका थिए । तर, सरकारले ठूला र जलाशययुक्त जलविद्युत् आयोजनाको लाइसेन्स अवधि बढाएपछि लगानीको वातावरण पनि सिर्जना हुनेछ । यो निर्णयलाई ऊर्जा व्यवसायीले स्वागतयोग्य भनेका छन् ।

 




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।