हल्लाको पछि नलाग्नुस्, व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन : अर्थमन्त्री

May 09, 2026 11:58 AM Merolagani



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले उद्योगी–व्यवसायीलाई धरपकड गर्दै छ भन्ने हल्लाका पछाडि नलाग्न आग्रह गरेका छन् । शुक्रबार  काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“निजी क्षेत्रका व्यवसायीलाई थुन्ने, धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन र होइन,” उनले भने, “तपाईंहरू हल्लाको पछि नपर्नुस्, तपाईंहरू हाम्रो साझेदार हो ।”

१०० बिलियन डलरको अर्थतन्त्र बनाउने सरकारी योजनाको निजी क्षेत्र साझेदार रहेको पनि उनले बताए । उनले सरकारका पाँच प्राथमिकताबारे प्रस्ट्याए ।

उनका अनुसार, सरकारको पहिलो प्राथमिकता सुशासन हो । दोस्रो, अर्थतन्त्रको पुनरुत्थान हो । तेस्रो, मुलुकमा आन्तरिक र बाह्य कनेक्टीभिटी हो । चौथो प्राथमिकता सामाजिक लगानी हो । पाँचौँ प्राथमिकता पर्यटन, संस्कृति र इतिहासमार्फत सौम्य शक्ति विस्तार गर्नु रहेको उनले बताए ।

अर्थतन्त्रको ‘जहाज’ मोड्ने अवस्थामा मुलुक रहेको भन्दै उनले त्यसनिम्ति आउँदो बजेटसम्म पर्खन उद्योगी–व्यवसायीलाई आग्रह गरे ।

राजनीतिक स्थायित्व र इमानदारीपूर्वक देश अघि बढाउँदा छिमेकी मुलुक भारतले गरेको प्रगतिको उनले उदाहरण दिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्ने समय र हाल नेपालको अर्थतन्त्रका केही सूचक समान रहेको बताए ।

“सन् २०१४/०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रको केही सूचक नेपालकै अहिलेकै हाराहारी थियो । तर, पछिल्लो १२ वर्षमा त्यो फड्को मारेर कहाँबाट कहाँ पुग्यो । हामी पनि सोही बाटो लाग्ने बेला भएको छ,” अर्थमन्त्री वाग्लेले भने ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।