नागरिकको राय र विज्ञतालाई नीति निर्माणको तहमा समेट्न सरकारले यो नयाँ डिजिटल प्रणालीको सुरुवात गरेको हो।
बजेट र नीति निर्माणको प्रक्रियालाई थप समावेशी बनाउन यो पोर्टलले सेतुको काम गर्ने सरकारको अपेक्षा छ। पोर्टलमा प्राप्त भएका सान्दर्भिक सुझावहरूलाई अध्ययन गरी आगामी नीति तथा कार्यक्रममा उचित स्थान दिइने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
इच्छुक सरोकारवाला र नागरिकले सरकारको आधिकारिक पोर्टल https://suggestions.opmcm.gov.np/ मार्फत् आफ्ना अवधारणा र सुझावहरू दर्ता गराउन सक्नेछन्।