इजरायली आक्रमणबाट लेबनानमा एकै दिन ३९ जनाको मृत्यु

May 10, 2026 09:16 AM Merolagani



लेबनानमा इजरायली सेनाको पछिल्लो हवाई आक्रमणमा एकै दिन कम्तीमा ३९ जनाको मृत्यु भएको छ।

लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी सहर सक्सकियेहमा भएको आक्रमणमा एक बालिकासहित सात जनाले ज्यान गुमाएका छन् भने १५ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जना बालबालिका रहेका छन्।

इजरायली रक्षा बल (आईडीएफ) ले हिजबुल्लाहको सैन्य संरचनालाई लक्षित गरेर आक्रमण गरिएको दाबी गरेको छ। तर सर्वसाधारणको क्षतिबारे आएका रिपोर्टको समीक्षा भइरहेको जनाएको छ।

यता, नबातियामा इजरायली ड्रोन आक्रमणमा एक सिरियाली नागरिक मारिएका छन् भने उनकी १२ वर्षीया छोरी गम्भीर घाइते भएकी छन्। स्वास्थ्य मन्त्रालयका अनुसार भाग्न खोज्दा ड्रोनले पटक–पटक प्रहार गरेको थियो।

यसैबीच, हिजबुल्लाहले पनि उत्तरी इजरायलमा ड्रोन आक्रमण गरेको छ, जसमा तीन इजरायली सैनिक घाइते भएका छन्।

गत मार्च २ यता सुरु भएको पछिल्लो द्वन्द्वमा लेबनानमा हालसम्म २,७९५ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।