साताभर सुनको मूल्यमा ४,८०० रुपैयाँको गिरावट, कुन दिन कतिमा भयो कारोबार ?

May 23, 2026 06:42 AM Merolagani



पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य घटेको छ । गत जेठ १ गते शुक्रबारको तुलनामा जेठ ८ गते शुक्रबारसम्म आइपुग्दा सुन प्रतितोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो ।

जेठ १ गते शुक्रबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तर, त्यसको एक हप्तापछि जेठ ८ गते शुक्रबारसम्म आइपुग्दा सुन प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत जेठ ३ गते एकैदिन सुन ४ हजार ५०० रुपैयाँले घटेर उक्त दिन २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तैगरी, जेठ ४ गते ८०० रुपैयाँ बढेर सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, जेठ ५ गते मंगलबारमा पुनः सुनको मूल्य बढ्यो । त्यसदिन ५०० रुपैयाँ बढेर सुन प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, जेठ ६ गते बुधबार एकैदिन ३ हजार ३ हजार ३०० रुपैयाँले बढेर त्यस दिन २ लाख ९२ हजार रुपयाँमा कारोबार भएको थियो । त्यस्तै, जेठ ७ गते बिहीबार भने सुनको मूल्य बढेको छ ।

उक्त दिन १ हजार ८०० रुपैयाँले बढेर सुन प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । र, जेठ ८ गते भने सुन प्रतितोलामा १०० रुपैयाँले घटेर २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

समग्रमा यो साता सुन बढ्ने भन्दा बढी घट्ने अवस्थामा पुगेको देखिन्छ । सुन व्यवसायीका अनुसार, मध्यपूर्वी युद्धलगायतका कारण सुनको मूल्य कहिले ह्रवात्तै बढ्ने, कहिले ह्रवात्तै घट्ने अवस्थामा पुगेको बताएका छन् ।




विद्या भण्डारी एमाले अध्यक्ष बन्ने पक्का !

May 18, 2026 06:20 PM

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।