रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्रीबिच आज भेटवार्ता

Jun 03, 2026 06:51 AM Merolagani



भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भएको छ।

मंगलबार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीन, भारतका विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित साहसँग भेटवार्ता गरेका लामिछानेले आज प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्न लागेका हुन्। हिजो भएको भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबिचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको बताइएको छ।

रविलाई भाजपाले रेड कार्पेटसहित भव्य स्वागत गरेको थियो। पाँच दिने भ्रमणका लागि लामिछानेसहित उनकी श्रीमती निकिता पौडेल, सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा र अविनाश आचार्य (प्रदीप) सोमबार भारत पुगेका थिए। लामिछाने यही जेठ २२ गते स्वदेश फर्कनेछन्।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।