मुकेश अम्बानीलाई पछि पार्दै टिकटकका सह–संस्थापक झाङ यिमिङ बने एसियाकै दोस्रो धनी व्यक्ति

Jun 04, 2026 03:54 PM Merolagani



टिकटकको मातृ कम्पनी ‘बाइटडान्स’ का सह–संस्थापक झाङ यिमिङ भारतीय उद्योगपति मुकेश अम्बानीलाई पछि पार्दै एसियाको दोस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन्। ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार झ्याङको कुल सम्पत्ति ९३ बिलियन डलर (करिब ८.९ लाख करोड भारु) पुगेको छ।

अर्कोतर्फ, रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको सम्पत्ति ८६ बिलियन डलर (करिब ८.३१ लाख करोड भारु) मा खुम्चिएपछि उनी तेस्रो स्थानमा खस्किएका छन्। हाल ११.१९ लाख करोड भारु सम्पत्तिका साथ अडानी समूहका मालिक गौतम अडानी एसियाकै सबैभन्दा धनी व्यक्तिको रूपमा शीर्ष स्थानमा रहेका छन्।

एआई च्याटबट ‘डौबाओ’ को सफलताले झाङको सम्पत्तिमा वृद्धि

झाङको सम्पत्तिमा उछाल आउनुको मुख्य कारण बाइटडान्स कम्पनीको मूल्याङ्कन बढ्नु र उनको एआई च्याटबट ‘डौबाओ’ ले पाएको सफलता हो। यो च्याटबट विश्वप्रसिद्ध ओपनएआईको ‘च्याटजीपीटी’ र गुगलको ‘जेमिनी’ जस्तै एक अत्याधुनिक एआई असिस्टेन्ट हो। चीनमा मात्रै यो च्याटबटका ३० करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन्।

सात वर्षमा सात गुणाले वृद्धि

सन् २०१९ मा झाङको सम्पत्ति १.२४ लाख करोड भारु मात्र थियो, जुन पछिल्लो सात वर्षमा सात गुणाभन्दा बढीले वृद्धि भएको छ। अमेरिकामा टिकटकको व्यवसाय बिक्री भएसँगै कम्पनीमाथि आइलागेको संकट टरेको छ। ब्ल्याकरक र फिडेलिटी जस्ता ठूला लगानीकर्ताहरूको विश्लेषणपछि झाङको सम्पत्तिमा २.३० लाख करोड भारु थपिएको हो। बाइटडान्सले यसै वर्ष एआई क्षेत्रमा मात्रै ६.७ लाख करोड भारु खर्च गर्ने योजना बनाएको छ।

एलोन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति

विश्वस्तरमा हेर्ने हो भने, ७२६ बिलियन डलर (करिब ६९ लाख करोड भारु) सम्पत्तिका साथ एलोन मस्क विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीमा पहिलो स्थानमा कायम छन्। यस्तै, गुगलका संस्थापक ल्यारी पेज दोस्रो र ओराकलका ल्यारी एलिसन तेस्रो स्थानमा रहेका छन्।




हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।