
सभापति लामिछानेले भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतलाई भेट गरेका छन् । यता परराष्ट्रमन्त्री खनाल भाेलि गएर २४ गते फर्कने कार्यक्रम रहेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि परराष्ट्रमन्त्री खनाल जेठ २३ गते भारत भ्रमणमा जाने तयारी भइरहेको थियो । तर, अन्तिम समयमा भ्रमण एक दिनअघि सारिएको हो ।
“भारतका विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री शिशिर खनालले जुन ५ देखि ७, २०२६ सम्म भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ,” परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
भ्रमणको क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतका विदेशमन्त्री डा. जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
दुवै पक्षले व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा र जनता–जनता सम्बन्धलगायत प्रमुख क्षेत्रहरूमा सहयोग अभिवृद्धि गर्ने उद्देश्यले पारस्परिक हितका विषयमा छलफल गर्ने परराष्ट्रले जनाएको छ ।
“यो भ्रमणले नेपाल र भारतबीचको स्थायी र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनेछ,” परराष्ट्रले भनेको छ ।