प्रि ओपन सेसन अपडेटः करिब ७ अंक घट्यो नेप्से

Jun 05, 2026 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बिहीबार १३.४६ अंक घटेर २७६६.७८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.९४ अंक घटेर २७५९.८४ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७४ अंक घटेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ४६ स्टकको ५८ पटकको कारोबारमा १७ लाख २० हजार ३८० रुपैयाँ ५० पैसाबराबरको २ हजार ४०७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।