नयाँ अवतारमा आउँदैछ किया सोनेटः २०२७ को लागि सुरु भयो सडक परीक्षण, यस्ता छन् विशेषता

Jun 06, 2026 10:57 AM Merolagani



किया मोटर्सले आफ्नो चर्चित सब–कम्प्याक्ट एसयूभी ‘सोनेट’ को सडकमा परिक्षण गरिएको छ । यो नयाँ मोडलको पहिलो पटक भारतमा सडक परीक्षण सुरु भएको छ।

कम्पनीले यसलाई सन् २०२७ मा आधिकारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ। नयाँ सोनेटमा डिजाइन, प्रविधि र स्पेश (ठाउँ) का मामलामा ठूला परिवर्तनहरू देखिनेछन्। २०२७ किया सोनेट अहिलेको प्लेटफर्म छोडेर नयाँ आर्किटेक्चरमा आधारित हुनेछ। यही प्लेटफर्ममा कियाको आगामी‘ साइरस’ पनि बन्नेछ। यो प्लेटफर्म पुरानोको तुलनामा बढी बलियो र सुरक्षित मानिन्छ।

 

सबैभन्दा महत्त्वपूर्ण कुरा, नयाँ प्लेटफर्ममा ह्वीलबेस २० एमएमले लामो हुनेछ। यसले हालको सोनेटमा रहेको मुख्य समस्या- ‘पछाडिको सिटमा कम ठाउँ’ लाई समाधान गर्नेछ। अब पछाडि बस्ने यात्रुहरूले थप खुल्ला र आरामदायी अनुभव पाउनेछन्।

एड्भान्स्ड फिचर्स र प्रविधि

नयाँ सोनेटको क्याबिनमा प्रविधिको ठूलो अपग्रेड देखिनेछ। यसमा १२.३ इन्चको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र त्यति नै आकारको डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध हुने सम्भावना छ।

सुरक्षाका लागि यसमा ‘लेभल २ एडास’ फिचर थपिनेछ, जसले गाडी चलाउन थप सुरक्षित र सहज बनाउनेछ। साथै, यसमा ओभर–द–एयर अपडेट र रिमोट डाइग्नोस्टिक्स जस्ता आधुनिक सुविधाहरू पनि हुनेछन्।

इन्जिन र ट्रान्समिसन

इन्जिनमा भने कम्पनीले हालकै विकल्पहरूलाई निरन्तरता दिने देखिएको छ । १.२ लिटर पेट्रोल इन्जिनमा ८३ पीएस पावर र ११५ एनएम टर्क (५–स्पीड म्यानुअल) समावेश छ । त्यस्तै, १.० लिटर टर्बो पेट्रो इन्जिनमाः १२० पीएस पावर र १७२ एनएम टर्क (६–स्पीड म्यानुअल र ७-स्पीड म्यानुअल समावेश छ । त्यस्तै, १.५ लिटर डिजेलमा १२० पीएस पावर र १७२ एनएम टर्क (६-स्पीड म्यानुअल र ६-स्पीड अटोमेटिक) समावेश छ

सन् २०२८ मा हाइब्रिड अवतार

बदलिँदो बजारलाई मध्यनजर गर्दै कियाले सन् २०२८ वा २०२९ सम्ममा सोनेटको स्ट्रङ हाइब्रिड भर्सन पनि ल्याउने योजना बनाएको छ। यद्यपि, यसको प्राविधिक विवरण भने अहिले सार्वजनिक गरिएको छैन।

डिजाइनमा परिवर्तन

परीक्षणका क्रममा देखिएको गाडी ‘क्यामोफ्लाज’(छोपेको) भए तापनि यसको अगाडिको ग्रिल, भिरालो विन्डशिल्ड र नयाँ डिजाइनका अलोय ह्वीलहरू परिवर्तन हुने संकेत मिलेको छ। बजारमा उपलब्ध टाटा नेक्सन, महिन्द्रार मारुती ब्रेजा जस्ता गाडीसँग प्रतिस्पर्धा गर्न कियाले यो नयाँ पुस्ताको सोनेटलाई निकै आक्रामक रूपमा प्रस्तुत गर्ने देखिन्छ।




हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।