‘नाडा ग्रीन ड्राइभ २०२६’ को र्‍याली सम्पन्न, सहभागी ९२ जनाले पाए प्रमाणपत्र

Jun 05, 2026 05:43 PM Merolagani



नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफनो इतिहासमा पहिलो पटक ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्‍याली कार्यक्रम सम्पन्न गरेको छ ।

जेष्ठ २२ गते शुक्रबारका दिन विश्व वातावरण दिवस २०२६ को शुभ अवसरमा नाडाले उक्त र्‍याली सम्पन्न गरेको हो । खासगरी, एयूसीवेल, दीपल, भोल्ट्स, कामा, एमपीर, स्काईवोर्थ, फ्युचर मोटर्स, नाी, टियागो इभी, सुजुकी, टाइम्स बिजनेश–स्काईवोर्थ/नेपाल इन्सोरेन्स कम्पनी लिमिटेको समर्थनमा बिभिन्न ब्राण्डहरुका विद्युतीय सवारी साधनहरुको सहभागितामा र्‍याली सम्पन्न भएको  थियो।

 

नाडाको सचिवालय टेकु देखि त्रिपुरेश्वर– दरबारमार्ग–नक्साल–गौशाला–तीनकुने–नयाँ बानेश्वर–माइतीघर मण्डला–थापाथली–कुपण्डोल–पुल्चोकस्थित द प्लाजामा सो र्‍यालीको समापन गरिएको थियो ।

उक्त र्‍यालीमा सहभागी कूल ९२ जनालाई नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, नाडाका पूर्व अध्यक्षद्धय शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलालले प्रमाणपत्र समेत वितरण गरेका थिए । सो प्रमाणपत्र वितरण कार्यक्रम नाडाका महासचिव मिलनबाबु मल्लले गरेका थिए भने र्‍यालीको सम्पूर्ण व्यवस्थापन नाडा केन्द्रीय कार्य समितिका सदस्य तथा वातावरण समितिका सभापति महेश पालले गरेका थिए । ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्‍याली कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्णमा नाडाले धन्यबाद व्यक्त गरेको छ ।

 

 




हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।