राजश्व छलीको आशंकामा नियन्त्रणमा लिएका विद्युतीय सवारीको विस्तृत छानबीन गर्न सरकारद्वारा समिति गठन

Jun 05, 2026 05:34 PM Merolagani



सरकारले राजस्व छलीको आशंकामा सशस्त्र प्रहरी बल नेपालले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका विद्युतीय सवारीसाधनको विस्तृत छानबिन गर्ने भएको छ ।

त्यसका लागि सरकारले एक समिति गठन गरेको हो । ७७९ वटा विद्युत्तीय सवारी(इभी)ले राजश्व छल्ने गरी कागजात पेश गरेको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरीले ती गाडी नियन्त्रणमा लिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा बिहीबार अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो।

सरकार सुशासन र राजस्वका मामिलामा सचेत रहेकाले तत्कालै समिति गठन गरी कानुनी प्रक्रिया अघि बढाइएको हो।

 




हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।