बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम तर्जुमा गरिने आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको हो ।
राष्ट्र बैंकले उपयुक्त नीति तर्जुमा गर्नका लागि विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी रचनात्मक सुझावको अपेक्षा गरेको छ । इच्छुक व्यक्ति, संघ–संस्था वा सरोकारवालाहरूले आगामी आगामी असार ५ गते भित्र आफ्नो राय/सुझाव उपलब्ध गराई सहयोग गरिदिन अनुरोध गरेको छ । सुझाव केन्द्रीय बैंकको इमेल गरी पठाउन सकिने बैंकले जनाएको छ ।
जेनजी आन्दोलनपछि भएको चुनावपछि गभर्नर डा. विश्व पौडेलको यो पहिलो मौद्रिक नीति हो भने गभर्नर भएपछिकाे उनको दोस्रो मौद्रिक नीति हो ।