सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार यो वृद्धिदर अघिल्लो आर्थिक वर्ष २०२४-२५ को ७.१ प्रतिशतको तुलनामा बढी हो ।
मध्यपूर्वमा जारी सङ्कटका बाबजुद भारतीय अर्थतन्त्रले सुदृढ उत्थानशीलता प्रदर्शन गरेको छ । तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार जनवरी–मार्चको अवधिमा भारतको रियल जिडिपी वृद्धिदर ७.८ प्रतिशत पुगेको छ ।
मन्त्रालयको विवरणअनुसार कृषि तथा मत्स्यपालन क्षेत्रको सकारात्मक प्रदर्शनका कारण प्राथमिक क्षेत्रमा ३.२ प्रतिशतको वृद्धि देखिएको छ । त्यसैगरी, उत्पादन (म्यानुफ्याक्चरिङ), व्यापार, होटल, यातायात, सञ्चार तथा प्रसारणसँग सम्बन्धित सेवा र घरजग्गा (रियल एस्टेट) क्षेत्रले गत आर्थिक वर्षमा दोहोरो अङ्कको वृद्धिदर हासिल गरेका छन् ।