प्रि ओपन सेसन अपडेटः ६ अंक घट्यो नेप्से

Jun 08, 2026 10:52 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ११.३७ अंक घटेर २७५५.४१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६..०९ अंक घटेर २७४९.३१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.४२ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ५७ स्टकको १०२ पटकको कारोबारमा १ करोड ११ लाख ३७ हजार ७३० रुपैयाँबराबरको १५ हजार ७१४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने ३४ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।