नेपाल राष्ट्र बैंकले डिजिटल कर्जाको सीमामा लचकता अपनाएकाे छ । साेमबार ‘विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गनिर्देशन, २०७८’लाई संशोधन गर्दै केन्द्रीय बैंकले कर्जामा लचकता अपनाएकाे हो। केन्द्रीय बैंकले लघु, साना तथा मझौला व्यवसायीलाई समेत विद्युतीय माध्यमबाट सहजै ऋण पाउने व्यवस्था गरेको छ।