Thu, Aug 06, 2026
जेठ २७ गते, बुधबार, कालंगा हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज सो कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले गत जेठ ८ गतेदेखि १३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ करोड ७० लाख रुपैयाँबराबरको २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २९ लाख १ हजार ९२४ जनाले ३ करोड १५ लाख ९२ हजार २५० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २८ लाख ६० हजार ७६६ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार २ लाख ८७ हजार जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
कम्पनीले गत जेठ ८ गतेदेखि १३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ करोड ७० लाख रुपैयाँबराबरको २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २९ लाख १ हजार ९२४ जनाले ३ करोड १५ लाख ९२ हजार २५० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २८ लाख ६० हजार ७६६ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार २ लाख ८७ हजार जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।