खेलको ९ औँ मिनेटमै मेक्सिकोका जुलियन क्विनोनेसले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। यो सन् २००६ यताकै विश्वकपकै सबैभन्दा चाँडो भएको पहिलो गोल हो।
त्यस्तै, खेलको ६७ औँ मिनेटमा राउल जिमेनेजले दोस्रो गोल गर्दै मेक्सिकोको जित सुनिश्चित गरे। चौथो पटक विश्वकप खेलिरहेका जिमेनेजको यो विश्वकप इतिहासमै पहिलो व्यक्तिगत गोल हो।
मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गरेकाे साे उद्घाटन खेलमा विश्वकप इतिहासमै पहिलो पटक ३ वटा रेड कार्ड (रातो कार्ड) देखाइएको कीर्तिमान कायम भएकाे छ। दक्षिण अफ्रिकाका याया सिथोले र थेम्बा ज्वानेले सिधै रातो कार्ड पाउँदै मैदान छाडेपछि दक्षिण अफ्रिका ९ खेलाडीमा समेटिएको थियो। खेलको अन्तिम समयमा मेक्सिकोका सेसार मोन्टेसले पनि रातो कार्ड पाएका थिए।
(तस्विरः राेयटर्स)