पूँजीगत खर्च द्रुत गतिका साथ हुनेगरी सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिइएको छः अर्थमन्त्री

Jun 12, 2026 03:45 PM Merolagani



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले पूँजीगत खर्च दु्रत रुपमा हुनेगरी बजेट ल्याइएको दावी गरेकाे छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक २०८३ माथि सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन्।

अर्थ मन्त्रालयले यस पटक पूँजीगत खर्च द्रुत रुपमा गराउनका लागि आयोजनाहरुको रकम आवश्यकताअनुसार रकमान्तर गर्ने अख्तियारी सम्बन्धित मन्त्रालयलाई नै दिएको अर्थमन्त्री वाग्लेलेको भनाई थियो । उनले शिक्षा र स्वास्थ्य क्षेत्रको ठूलो बजेट स्थानीय तहबाट नै परिचालन हुने गरी संविधान बमोजिमनै बजेट विनियोजन गरिएको पनि स्पष्ट पारे ।

उनले भने,‘यसपाली पुँजीगत खर्च दु्रत रुपमा गर्न सकियोस् भनेर अर्थ मन्त्रालयले आफनो ठूलो अधिकार प्रत्यायोजन गरेको छ । सम्बन्धित मन्त्रालयले नै स्रोतको बारेमा पनि चाँही सोध्नु पर्यो । किनभने ऋणका कुरा छन् । अनुदानका कुरा छन । वैदेशिक र आन्तरिक यी सबै कुराहरु मिलाउनुपर्र्ने हुन्छ । तर विनियोजित रकम भित्रको रकमान्तर काम भएको शिर्षकबाट काम नभएको शिर्षकतिर सार्नका लागि सम्बन्धित मन्त्रालयहरुलाई ठूलो अख्तियारी प्रदान गरिएको छ । मैले बारम्बार भन्ने गरेको छु–हाम्रो अनिवार्य दायित्व करिव १४ खर्व जति छ । तलव, ऋण, सावाँ ब्याजका कुराहरु छन् । सामाजिक सुरक्षा भत्ताका कुराहरु छन । त्यो चालूमा नै प्रतिविम्बित हुन्छ । यसको हामीले बुझ्नुपर्ने कुरा के छ भने चालु भनेको सबै खराव पूँजीगत भनेको सबै राम्रो पनि होइन ।’

त्यस अवसरमा अर्थमन्त्री वाग्लेले अनिवार्य दायित्व अन्तर्गत नै ठूलो बजेट खर्च हुने गरेकोतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराए ।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।