निभ कर्पाेरेशनले आईपीओ निष्काशन गर्न बोलायो विशेष साधारणसभा

Jun 12, 2026 05:23 PM Merolagani



निभ कर्पाेरेशन लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नका लागि विशेष साधारणसभा बोलाएको छ।

कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्काशनको प्रस्ताव सहित विशेष साधारणसभा आह्वान गरेको हाे । विशेष साधारणसभा आउँदो असार १४ गते आइतबारका दिन दाङको तुल्सीपुर–७ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि बस्ने गरी आह्वान गरिएको हो ।

साे सभाले सर्वसाधारणका लागि कम्पनीको साधारण शेयर सार्वजनिक निष्काशन (आईपीओ) गर्ने तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न-गराउन सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।