सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Jun 14, 2026 10:59 AM Merolagani



जेठ ३१ गते, आईतबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला एक हजार २०० रुपैयाँ र चाँदी तोलामा ५५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला चार हजार ८४० रुपैयाँमा खरिदबिक्री भएको थियो।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।