विगतको गतिविधि केलाएर सेबोन र बीमा प्राधिकरणमा सही मान्छे ल्याउने छौं–अर्थमन्त्री

Jun 17, 2026 05:57 PM Merolagani



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका लागि दाग नलागेको र विगतका गतिविधि केलाएर सही व्यक्ति नियुक्त गरिने बताएका छन् ।

उनले अध्यक्षमा नियुक्त हुने व्यक्तिको दश पुस्ते सम्वन्ध र गतिविधि केलाएर नियुक्त गर्न लागिएको बताए ।

नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । ‘हामीले नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि मानिस चुनिसकेका छौं । तर, त्यसका लागि पनि उसलाई राम्रोसँग हेरेर, अध्ययन गरेर १० पुस्ते सम्बन्धहरु केलाएर, विगतका गतिविधिहरु हेरेर नियुक्ती गर्नेमा लागि परेका छौं । ।’ उनले बताए ।

बिमा प्राधिकरणमा नियुक्त हुने अध्यक्षको हकमा पनि त्यसै गरिने उनले बताए । ‘हामी सही मानिस ल्याउने छौं । बिमा प्राधिकरणको हकमा पनि त्यहि हुनेछ ।’ उनले बताएका छन् ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।